आज केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 फागुन ७, २०७५ मंगलबार ८:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ । 

पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०७६

तपाईको प्रतिक्रिया