साउदी राजकुमारलाई पाकिस्तानको सम्मान : आकाशमै सेनाको जहाजद्वारा स्कर्टिङदेखि निशान–ए–पाकिस्तानसम्म

 फागुन ७, २०७५ मंगलबार ९:३८:२ | एजेन्सी
unn.prixa.net

चार दिनको क्षेत्रीय भ्रमणमा निस्केका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई पाकिस्तानले भव्य स्वागत तथा सम्मान गरेको छ । 

पाकिस्तानी आकाशमा प्रवेश गरेलगत्तै सुरु भएको राजकुमारको स्वागत पाकिस्तानको सर्वोच्च नागरिक सम्मान प्रदानसम्म थियो । 

आइतबार पाकिस्तान आउँदै गर्दा उनको शाही विमानलाई पाकिस्तानी आकाशमा पाकिस्तानी एयर फोर्सका जहाजले स्कर्टिङ गरेको थियो । पाकिस्तान एयर फोर्सका जेएफ–१७ र एफ–१६ सैन्य जहाजले राजकुमारको जहाजलाई स्कर्टिङ गरेको भिडियो पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्वजनिक गरेका छन् । 

 

विमानस्थलमै पनि उनको स्वागत गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खान, पाकिस्तानी सेना प्रमुख जनरल कमार जावेद बाज्वालगायतका उच्च अधिकारी उपस्थित थिए । 

 

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी राजकुमार मोहम्मद बिन सलमानले साउदी राजकुमारलाई आफै गाडी चलाएर प्रधानमन्त्री निवाससम्म लगेका थिए । यसअघि यूएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नायनलाई पनि इमरानले आफै गाडी चलाएर निवाससम्म लगेका थिए । 

 

त्यस्तै साउदी राजकुमार सलमानलाई पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले सर्वोच्च नागरिक सम्मान ‘निशान–ए–पाकिस्तान’ बाट सम्मानित गरेका छन् । 

त्यस्तै साउदी राजकुमार सलमानकै भ्रमणका क्रममा दुई देशबीच २० अर्ब अमेरिकी डलरको सम्झौता भएको छ । पाकिस्तानको अर्थव्यवस्थालाई बलियो बनाउनका लागि त्यो सम्झौता भएको भनिए पनि कुन–कुन क्षेत्रको विकास हो भन्ने भने खुलाइएको छैन ।

दुई दिने भ्रमणमा रहेका साउदी राजकुमारलाई भव्य स्वागत र सम्मान दिएर पाकिस्तानले साउदीसँग आफ्नो विशेष सम्बन्ध छ भन्ने सन्देश भने दिएको छ । 

पाकिस्तानी भ्रमणपछि साउदी राजकुमार मोहम्मद बिन सलमान मंगलबार भारत भ्रमणमा आउँदैछन् । पाकिस्तानसँगको महत्वपूर्ण सम्झौतापछि भारतसँग कस्तो सम्झौता गर्छन् भन्ने चासो सबैले लिएका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया