बेलायतबाट भागेर आईएस लडाकू बनेकी किशाेरीले जन्माइन् बच्चा, फर्किन चाहन्छिन् आफ्नै घर

 फागुन ७, २०७५ मंगलबार १०:३३:२९ | एजेन्सी
unn.prixa.net

सिरियामा इस्लामिक स्टेटमा भर्ती हुनका लागि सन् २०१५ मा बेलातयतबाट भागेकी बंगलादेश मूलकी एक गर्भवती युवतीले बच्चा जन्माएकी छिन् । तर आफ्नो छोराको सुरक्षाको लागि उनी बेलायत फर्किन चाहन्छिन् । 

सन् २०१५ मा उनी १५ वर्षकी उनी बेलायतकै एक विद्यालयमा पढ्दै थिइन् । त्यती बेला नै भागेर सिरियाको आईएसमा भर्ती हुन गइन् । शामिमा बेगम अहिले १९ वर्षकी भइन् ।

युद्धको सूचना दिने एक संवाददाताले शरणार्थी शिविरमा उनलाई भेटाएको थियो र उनी त्यो अवस्थामा गर्भवती थिइन् । र आफ्नो बच्चाको सुरक्षाको लागि उनले आफू घर फर्किन चाहेको बताएकी थिइन् । उनी युद्ध क्षेत्रबाट बाहिरिनको लागि प्रयत्नशिल थिइन्, तर निस्किन सकिरहेकी थिइनन् । अहिले पनि उनी शरणार्थी शिविरमै छिन् ।

उनको परिवारको वकिलले वयान जारी गर्दै शामिमाले शनिबार  छोरालाई जन्म दिएको र आमाछोरा दुवै सकुशल भएको बताएका छन् ।

परिवारको वकिल मोहम्मद तस्निम अकुन्जीले योभन्दा पहिला पनि शामिमाले दुई बच्चालाई जन्म दिइसकेको र दुवैकाे  मृत्यु भएको तर यो बच्चालाई लिएर उनका परिवार चिन्तित बनेको, जसरी भए पनि बचाउन चाहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बच्चालाई कुनै खतरा छैन र कानुनी रुपमा शामिमा बेगमलाई बेलायत फिर्ता आउन दिनुपर्छ ।’ 

बेलायतका संस्कृति मन्त्री जेरेमी राइटले यसको बारेमा आफ्नो विचार राखेका छन्, 'उनलाई फर्केर बेलायत आउन त ठीक हुन्छ तर उनले यहाँ आएर आफूले अहिललेसम्म गरेका कार्यको जिम्मेवारी लिनुपर्ने हुन्छ ।' 

बेलायतबाट भागेर आईएस लडाकू बनेकी गर्भवती किशोरी घर फर्किन चाहन्छिन् !

जिहादी बेहुली ती महिलालाई भनिन्छ जसले आफूबाट जन्मेको बच्चाले यस लडाइँलाई अगाडि बढाउन सकोस् भनेर इस्लामी चरमपन्थीसँग विवाह गर्ने निर्णय गरेका हुन्छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया