कश्मीर आक्रमणपछि पाकिस्तानप्रति बलिउडको आक्रोश बढ्दो, सलमानले पनि फिल्मबाट निकाले आतिफलाई

 फागुन ७, २०७५ मंगलबार ११:२५:३३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदद्वारा कश्मीरको पुलवामा गरेको आत्मघाती आक्रमणपछि यति बेला भारतीय नागरिकहरु आक्रोशित भएका छन् ।

यसैबीच बलिउड फिल्म उद्योगमा पनि पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गरिएको छ । खबरहरुका अनुसार अभिनेता सलमान खानले पनि सैनिकहरुको सम्मानस्वरुप पाकिस्तानी गायक आतिफ असलमलाई आफ्नो फिल्मबाट निकालिदिएका छन् । 

आतिफ असलम सलमान खानको प्रोडक्शन कम्पनी ‘सलमान खान फिल्म्स’को ब्यानरमा बन्न लागेको फिल्म ‘नोटबुक’ का लागि गीत गाउने तयारीमा थिए  । तर अब भने अभिनेता सलमान खानले आतिफ असलमलाई फिल्ममा गाउन दिइएको अफर रद्द गरिदिएका छन् । भारतीय सञ्चार माध्यमहरुका  अनुसार सलमान खानको फिल्म ‘नोटबुक’मा अब गायक अरमान मल्लिकले गाउन सक्ने बताइएको छ । 

अजय देवगनले गरे फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने घोषणा

पुलवामा हमलापछि सलमान खान न्दा अघि अन्य कलाकारले पनि पाकिस्तानी कलाकारहरुसँग काम नगर्ने घोषणा गरिसकेका छन् । अभिनेत्र शबाना आजमी र जावेद अख्तरले पाकिस्तानमा हुने भनिएको साहित्यिक कार्यक्रम रद्द गरिदिएका छन् ।

यस्तै अभिनेता अजय देवगनले उनको फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने घोषणा गरिसकेका छन् । अजय देवगनले उनको ट्विटर अकाउन्टमार्फत यस कुराको जानकारी दिएका हुन  । 

अजयले लेखेका छन्, ‘पुलवामा हमलापछिको माहोललाई मध्यनजर गर्दै फिल्म ‘टोटल धमाल’ को टिमले पाकिस्तानमा यो फिल्म रिलिज नगर्ने निर्णय गरेको छ ।’ 

सामाजिक सञ्जालमा अजय देवगनको यो ट्वीट सार्वजनिक भएसँगै अधिकांश भारतीयहरुले उनको निर्णको सराहना गर्दै अजय देवगनको प्रशंसा गरेका छन् । 

 

अजय देवगन, इशा गुप्ता, अनिल कपूर, माधुरी दीक्षित, अरसद वारसी, रितेश देशमुखलगायत मल्टीस्टारर फिल्म ‘टोलल धमाल’ यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया