धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
सोलुखुम्बु – खुम्बु पासाङ ल्हामू गाउँपालिकामा बेपत्ता भएका आमाछोरा र छारीमध्ये आमाको शव फेला परेको छ ।
होस्टेलमा बसेर पढ्दै आएका बालबालिकालाई लिएर फर्केकी मिङमा याङजी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेकोे हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार बिहान ७ः३० बजे खुम्बु पासाङ ल्हामू गाउँपालिका–७, मा रहेको एक होस्टलमा बसेर पढ्दै आएका कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमा डोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गा दोर्जी शेर्पालाई ३६ वर्षीय आमा मिङ्मा याङजी शेर्पाले लिएर फर्किएकी थिइन् ।
होस्टलबाट फर्केका बालबालिका र आमा घर नफर्किएपछि खोजतलास गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेलाको प्रहरीले जनाएको छ ।
नदीको किनारमा बच्चाको चप्पल र कपडासमेत फेला परेकाले खोजी कार्य जारी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको कमान्ण्डमा खटिएको ९ जनाको प्रहरी टोली घटनास्थलमा परिचालित भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।
नदीको आसपासमै बच्चाको कपडासमेत फेला परेकाले नदीमा खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव घटनास्थलमै राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।