सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

 फागुन ७, २०७५ मंगलबार १२:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतका वरिष्ठत न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएको छ ।

उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको सर्वोच्च अदालतले जनाएको छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य रहेको भन्दै नाम अस्वीकार गरे पनि जोशी वरिष्ठ न्यायाधीशका रुपमा सर्वोच्चमै हुनुहुन्थ्यो ।

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा आएपछि जोशीलाई इजलास तोकिएको थिएन । पछिल्लो समय उहाँ बिदामा बस्नुभएको थियो । जोशीको कार्यकाल आउँदो जेठ महिनासम्म बाँकी थियो ।  

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बन्नुभएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया