कोस्टारिकाविरुद्ध कोउटिन्हो र नेइमारको गोल, ब्राजिल नकआउट चरण नजिक

 असार ८, २०७५ शुक्रबार २०:५:५५ | उज्यालो सहकर्मी

अतिरिक्त समयमा फिलिप कोउटिन्हो र नेइमार नायक बन्दा ब्राजिलले कोस्टारिकालाई हराउँदै प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा कोस्टारिकालाई २–० ले हराउँदै ब्राजिलले समूहमा चार अंक बनाएको छ । खेलको ९० मिनेटसम्म कोस्टारिकाले ब्राजिललाई रोकेको थियो ।

यस क्रममा ब्राजिललाई रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीलाई मान्यता दिएन ।

इन्ज्युरी समयमा पहिलो मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । सात मिनेटको इन्ज्युरी समयको अन्तिममा नेइमारले गोल गर्दै ब्राजिललाई जित दिलाए ।

पहिलो खेलमा स्विट्जरल्याण्डसँग रोकिएको ब्राजिल यो जितपछि नकआउट चरण नजिक पुगेको छ । दुईमा पराजित कोस्टारिका भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ । समूह ईमा काेस्टारिकाविरुद्ध जित हात पार्दै सर्बियाले ३ अंक बटुलेकाे छ भने पहिलाे खेलमा ब्राजिलसँग बराबरी गरेकाे  स्विट्जरल्याण्डकाे एक अंक रहेकाे छ । 

अाज राति  स्विट्जरल्याण्ड र सर्बिया खेल्दैछन् ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया