पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

 फागुन ७, २०७५ मंगलबार १२:२६:० | सुमन गुरुङ
unn.prixa.net

कास्की – नेपाली सेनाका धावक हरिकुमार रिमालले पोखरा म्याराथनको १३औँ सस्करणको उपाधि जित्नुभएको हो । 

उहाँले निर्धारित ४३.१२३ किलोमिटरको दूरी दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा पूरा गर्दै नगद एक लाख आफ्नो नाममा लेखाउनुभएको हो ।  

मंगलबार पोखरा रंगशालाबाट सुरु भएको दौड बजार परिक्रमा गर्दै रंगशालामा आएर टुंगिएको थियो । रिमालले उनी गएको वर्ष अन्नपूर्ण म्याराथनका विजेतासमेत हन् ।

म्याराथनमा १० सेकेण्डले पछि पर्दै सशस्त्र प्रहरी बलका खिमबहादुर खत्री दोस्रो स्थानमा चित्त बुझाउनुभयो । उहाँले उपविजेता बन्दै नगद ७० हजार रुपैयाँ प्राप्त गर्नुभयो । नेपाल प्रहरीका भूमिराज राई तेस्रो हुनुभएको छ । उहाँले दुई घण्टा ४१ मिनेट १७ सेकेण्डको समय लगाउँदै तेस्रो पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । 

२ घण्टा ४२ मिनेट ५५ सेकेण्डको समय लगाउँदै आर्मीका धावक पूर्ण तामाङले भने सान्त्वना पुरस्कारस्वरुप ७ हजार प्राप्त गर्नुभयो । विजेता धावकहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्य प्रायोजक सुजल डेरीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

मञ्चको आयोजना तथा सफल दूधको मुख्य प्रायोजनमा आयोजित दौडमा विभिन्न जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया