डीपीएल : काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै सीवाईसी अत्तरिया शीर्ष स्थानमा

 फागुन ७, २०७५ मंगलबार १६:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिग अन्तरगत सीवाईसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा रहन सफल भएकाे छ ।

हारपछि पनि काठमाण्डौले क्वालिफायर्समा अत्तरियासँग नै खेल्नेछ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ७५ रन मात्र बनायो । काठमाण्डौले निकै कमजोर सुरुवात गर्दै ६ रनमा दुई विकेट गुमायो । उसका दुवै ओपनर गौरव ताेमर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मध्यक्रमका खेलाडीबीच कुनै राम्रो साझेदारी हुन सकेन ।

जवाफमा अत्तरियाले १७ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अत्तरियाको जितमा आज पनि विदेशी खेलाडी जयकिशन कोल्सावाला नायक बने ।

२५ रन हुँदा सुभेन्दु पाण्डेलाई मात्र ५ रनमा गुमाएको अत्तरियाले ५० रनमा दोस्रो विकेट खेर फाल्यो । प्रेम तामाङ १० रनमा आउट भए । त्यसपछि ६३ रन हुँदा जयकिशन कोल्सावाला व्यक्तिगत ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरीले अविजित रन बनाउँदै टिमलाई जित दिलाए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया