आईपीएल २०१९ को दुई साताको खेल तालिका सार्वजनिक

 फागुन ७, २०७५ मंगलबार १७:५८:५२ | उज्यालो सहकर्मी

काठमाण्डाै – इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ ।

जसमा उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लाेर खेल्ने भएका छन् । आईपीएल आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार चेन्नईमा हुने उद्घाटन खेलमा धोनीको चेन्नई र विराटको बेंग्लाेर खेल्नेछन् । पहिलो चरणमा सार्वजनिक गरिएको खेल तालिकामा १७ खेल रहेका छन् ।

भारतमा २०१९ मा हुने निर्वाचनकाे समयमा यो प्रतियोगिता हुने भएको छ । मार्च २३ तारिखबाट हुने प्रतियोगिताको सुरुमा दुई साताको खेल तालिका निकाल्नुकाे कारण पनि निर्वाचन रहेको आयोजकले बताएका छन् ।

निर्वाचनको मिति तय भएपछि अर्को पूर्ण खेल तालिका निकाल्ने आयोजकले बताएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया