ज्यान गुमाएका फुटबल खेलाडी हुइयाको परिवारलाई खाडीबाट सहयोग

 फागुन ७, २०७५ मंगलबार २०:५२:५२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  खाडी राष्ट्रमा काम गर्दै आउनुभएका नेपालीहरुले केही दिन अघि ज्यान गुमाएका एकजना राष्ट्रिय नेपाली फुटबल खेलाडीको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

दुर्घटनामा परि ज्यान गुमाएका बाँके खजुरा गाउँपालिका १ राधापुरका पूर्व फुटबल खेलाडी श्याम थापाको परिवारलाई मङगलबार आर्थिक सहयोग गरिएको हाे । 

कतार र दुबईमा रहेका नेपालीहरुले संकलन गरेको एकलाख १६ हजार रुपैयाँ मङ्गलबार खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमन मल्लले स्वर्गीय थापाको परिवारलाई हस्तान्तरण गर्नुभयो ।  

हुइयाको नामले परिचित थापाको केही दिनअघि गाउँमै चिप्लिएर लड्दा मेरुदण्डमा चोट लागेको थियो । उपचारको लागि काठमाण्डौ लगिएकाे थापालाई त्यहाँ राम्रोसँग उपचार हुन नसकेपछि बाहिर लाने तयारीमा आफनै घर ल्याइएको थियो । 

घर ल्याइए केही दिनमै उहाँको निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ । थापा दुई दशकअघि बाँके तथा मध्यपश्चिम विकास क्षेत्रबाट राष्ट्रिय प्रतियोगितामा खेल्ने चर्चित खेलाडी हुनुहुन्थ्याे । 

अन्तिम अपडेट: चैत ४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया