आइसल्याण्डविरुद्ध नाइजेरियाका मुसाले गरे २ गोल, अर्जेन्टिनालाई फाइदा

 असार ८, २०७५ शुक्रबार २२:५१:४१ | एजेन्सी
unn.prixa.net

विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ ।
 
यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा पनि भर पर्नुपर्छ । क्रोएसियाले आइसल्याण्डलाई हराएमा वा बराबरी खेलेमा अर्जेन्टिना अर्को चरणमा पुग्नेछ ।
 
२ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदा आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा एक एक अंक जोडेका आइसल्याण्ड र अर्जेन्टिना क्रमसः तेस्रो र चौथो स्थानमा छन् ।
 
शुक्रबारको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको थियो । तर, दोस्रो हाफमा भने बढी आक्रामद देखिएको नाइजेरियाले २ गोल गर्न सफल भयो बलियो रक्षापंक्तिलाई चिर्दै दुवै गोल अहमद मुसाले गरेका थिए ।

४९औं मिनेटमा मुसाले हाफ भली गोलमार्फत अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा किपरसमेत बिट भइसकेको अवस्थामा सहज गोल गरेका थिए । ८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा स्ट्राइकर जिल्फी सिगर्डसन चुकेपछि उसको २–० को हार निश्चित भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया