मेलम्चीबाट भागेको सीएमसीसँग तनहुँ हाइड्रोले पनि ठेक्का तोड्यो

 फागुन ७, २०७५ मंगलबार १८:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - तनहुँ जलविद्युत कम्पनीले इटलीकाे ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँगको ठेक्का सम्झौता तोडेको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट भागेको सीएमसीलाई नेपाल विद्युत प्राधिकरणले मंगलबार ठेक्का तोडिएको पत्र पठाएको हो । पटक पटक आग्रह गर्दा पनि सीएमसी काममा नआएपछि तनँहु जलविद्युत परियोजनाको लागि अब नयाँ प्रक्रियाबाट अर्को ठेकेदार छानिने तनँहु जलविद्युतका प्रबन्ध सञ्चालक प्रदीप कुमार थिकेले उज्यालोलाई जानकारी दिनुभयो ।

हेडवर्क्स, ड्यामलगायतका संरचना बनाउने गरी प्राधिरकणले सीएमसीसँग २० अर्ब ६० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको लागि ५० करोड ५० लाख अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

दोस्रो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले भने सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनको अघि बढाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया