अवैध रुपमा नेपाल ल्याइँदै गरेको विभिन्न सात प्रकारका भारतीय औषधी बरामद

 फागुन ७, २०७५ मंगलबार २०:९:१६ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न सात प्रकारका भारतीय औषधी मंगलबार सिमानाको पशुपतिनगरबाट बरामद गरिएको छ ।  

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जिल्लाको सुर्योदय नगरपालिका–२ को बागबिरे भन्ने ठाउँबाट औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार डर्मिवक नामको क्रिम एक हजार ७ सय ५० पत्ता, रिलिफ जेल चार सय ३० पत्ता, नेगरोभिट ट्याब्लेट सात सय पत्ता, सेफिक्जाइम ट्याब्लेट चार सय पत्ता, प्यान्टोप्राजोल र डोम्परीडोन ट्याब्लेट दुई हजार पत्ता, ल्याब्मोक्स ट्याब्लेट एक सय ४० पत्ता र थ्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक हजार सात सय पत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले बताउनुभयो । 

यत्तिका मात्रामा रहेका यी औषधीहरु चार वटा कार्टुनमा राखेर नेपाल ल्याउने क्रममा बरामद गरिएको बताइएको छ । 

बरामद भएको औषधी अनुसन्धान र कारबाहीका लागि विराटनगरमा रहेको औषधी व्यवस्था विभागमा बुझाइने जनाइएको छ । यी औषधी कस्ले के उदेश्यका लागि ल्याएका हुन् भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया