च्याम्पियन्स लिग : बार्सिलोनालाई लियोनले बराबरीमा रोक्यो

 फागुन ८, २०७५ बुधबार ६:४०:४१ | एजेन्सी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकियो ।

मेस्सीको टिम बार्सिलोनाले लियोनको पोस्टमा २५ वटा सट प्रहार गरे पनि गोल गर्न सकेन । 

लियोनका गोलकिपर एन्थोनी लोपेजको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोनाले बराबरीमा चित्त बुझायो । मेस्सी, लुइस स्वारेज र फिलिप कोउन्टिन्होको एकपछि अर्को आक्रमणलाई लियोनका गोलकिपरले उत्कृष्ट बचाउ गरे । यता लियोनले पनि एउटा सुन्दर मौका पाए पनि उसका मार्टिन टेरियरको प्रहार बारमा लाग्न पुग्यो । 

घरेलु दर्शकमाझ बार्सिलोनाको टाउको दुखाई बनेका गोलकीपर एन्थोनीले एक दर्जन प्रहारलाई उत्कृष्ट ढंगले बचाएका थिए । 

अब दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ । सन् २०१५ पछि युरोपियन प्रतियोगिता जित्न नसकेको बार्सिलोना ला लिगामा भने शीर्ष स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया