च्याम्पियन्स लिग : लिभरपुल र बायर्न बराबरीमा रोकिए

 फागुन ८, २०७५ बुधबार ६:५३:१७ | एजेन्सी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल र बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन वटा उत्कृष्ट मौका पाए पनि गोल गर्न सकेन । घरेलु दर्शकको साथ पाएको लिभरपुलका साडियो मानेले पहिलो सुरुवातमा नै पाएको उत्कृष्ट मौका खेर फाले ।

त्यसपछि रोबेर्टो फेरमिन्होको पासमा जोयल मेटिपले डिबक्सभित्र पाएको अर्को मौकालाई सदुपयोग गर्न सकेनन् । त्यसपछि मेटिपले नै दोस्रो हाफमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुनबाट गोलकिपर एलिसोनले बचाउ । 

खेलको ८५ औँ मिनेटमा फेरि मानेले हेडमार्फत गरेको प्रहारलाई जर्मन टिमका डिफेन्डरले गोललाइनबाट बचाए । यता बायर्नले त्यस्तो डरलाग्दो मुभ बनाउन सकेन। 

च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा बराबरी भएको यो ३१ औँ खेल हो । यस्तै बायर्नले पछिल्ला २६ अवे खेलमा दोस्रो बराबरी खेलेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया