सलमान र कपिलका कारण ‘द कपिल शर्मा शो’बाट नहट्ने भए सिद्धू

 फागुन ८, २०७५ बुधबार १३:२५:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पुलवामा हमलापछि नवजाेत सिंह सिद्धूले त्यो हमला आतंककारी संगठनले गरेका कारण पाकिस्तानलाई आरोप लगाउन नहुने बयान दिएका थिए ।

आतंकवादी हमलामा ४० भन्दा बढी सैनिक मारिएपछि पाकिस्तानसँग आक्रोशित भारतीय जनताहरुले सिद्धूको यस किसिमको बयानको चर्को आलोचना गरे ।

यही कारण नवजोत सिंह सिद्धूलाई सोनी टेलिभिजनबाट प्रसारण हुने ‘द कपिल शर्मा शो’ बाट निष्कासित गरिएको खबरहरु सार्वजनिक भएका थिए । तर अहिले सार्वजनिक भएका खबरहरुका अनुसार सोनी टेलिभिजनले सिद्धूलाई ‘द कपिल शर्मा शो’ बाट पूर्ण रुपमा निष्काशित गर्ने निर्णय भने लिन सकिरहेको छैन । सोनी टेलिभिजनलाई निर्णय लिनमा दुविधा हुनुको मूख्य कारण शो का संचालक कपिल शर्मा र बलिउड सुपरस्टार सलमान खान रहेको बताइएको छ ।

 

सलमान खानले च्यानललाई अन्तिम निर्णय लिनुभन्दा अघि अहिलेको माहोललाई शान्त हुने बेलासम्म पर्खन सल्लाह दिएका छन् । साथै शोका सञ्चालक कपिल शर्मा पनि सिद्धूको पक्षमा नै बोलिरहेका छन् । चर्चित शो ‘द कपिल शर्मा शो’ का अब प्रसारण हुने केही अंकहरुमा सिद्धू देखिने छैनन् । तर उनी छिट्टै नै श मा फर्कन सक्ने सम्भावना भने बढिरहेको छ । 

खबरहरुका अनुसार सुरुमा नवजोत सिंह सिद्धूको बयानका कारण विवाद चर्किए पनि सोनी च्यानलले कुनै निर्णय लिन सकिरहेको थिएन । ‘द कपिल शर्मा शो’ का निर्माता सलमान खान आफैले सिद्धूलाई शोबाट हटाउने निर्णय तुरुन्तै लिएका थिए । 

एक निर्माताका रुपमा सलमान खानले उक्त शोलाई खतरामा राख्न नखोजेका कारण त्यस्तो निर्णय लिएका थिए । टीआरपीका हिसाबले राम्रोसँग चलिरहेको शोलाई कुनै एक व्यक्तिका कारण नोक्सान हुन नदिनका लागि सलमानले सिद्धूलाई शोबाट हटाउने निर्णय लिएका थिए । 

कपिल शर्माले हालै उनको एक अन्तर्वार्तामा नवजोत सिंह सिद्धूलाई शोबाट निलम्बन गरिनु दिगो समाधान नभएको  बताएका थिए । तसर्थ अहिले नवजोत सिंह सिद्धूको ठाउँमा अभिनेत्री अर्चना पुरन सिंह आए पनि केही समयपछि सिद्धू नै शोमा फर्कन सक्ने खबरहरु सार्वजनिक भइरहेका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया