भ्रष्टाचार न्यूनीकरण गर्न सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने

 फागुन ८, २०७५ बुधबार १३:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै - संघीय संसद अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ । 

समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरुबारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आउँदाे आइतबार बोलाउने भएको हो ।

राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्दछ ।

बुधबार बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरी सुशासन कायम गर्न अख्तियारले गरिरहेका कामबारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको हो ।

समितिको आजको बैठकले  दीगो विकास तथा सुशासन समितको कार्य योजना पनि पास गरेको छ । सांसद रमेश जंग रायमाझीको संयोजकत्वमा ७ सदस्य उप समिति गठन गरेको थियो ।

उपसमितिले देशको दिगो विकास तथा सुशासन सम्बन्धमा सरकारको योजना, सरोकारवाला निकायको भूमिका, नीति तथा कार्यक्रमहरुको अध्ययन गरि आवश्यक परामर्श निर्देशन दिन सक्नेगरी कार्य योजना बनएको छ ।

समितिले पहिलो पटक ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई समितिमा छलफल गर्ने योजना पनि बनाएको छ । समितिले राष्ट्रिय गौरवको आयोजनाको विषयमा छलफल गर्नेदेखि राष्ट्रिय योजना आयोग समेतलाई समितिमा बोलाएर छलफल गर्ने कार्यक्रम उपसमितिको कार्ययोजनामा रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया