चितवनका एक युवाले तोडे जमैकन नागरिकको विश्व रेकर्ड !

 फागुन ८, २०७५ बुधबार १४:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनका एक युवाले विश्व कीर्तिमान कायम गरेका छन् । 

वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका आयोजित एक कार्यक्रमका बीच २६ वर्षीय युवा नारायण आचार्यले एक मिनेटमा १३३ वटा मैनबत्ती निभाएर विश्व कीर्तिमान कायम गरेका हुन् । एसिया मेडिकल कलेजमा दन्त चिकित्सा अध्ययन गरिरहेका आचार्यले यसअघि जमैकन नागरिकको कीर्तिमान तोडेका हुन् । 

जमैकन नागरिकले यसअघि एक मिनेटमा ९७ वटा मैनबत्ती निभाएकी थिइन् । १४ डिसेम्बर २०१७ मा अश्रिता फरम्यानको नाममा रहेको विश्व कीर्तिमान आचार्यले तोडेका हुन् । आचार्यले हातको दुइटा औँला प्रयोग गरेर लहरै राखिएका १३३ वटा बलिरहेका मैनबत्ती निभाएका हुन् । 

अब आचार्यले गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा भिडियोसहितका सामग्री पठाउने जानकारी उज्यालो अनलाइनलाई दिए । त्यसपछि आर्चायलाई विश्व कीर्तिमान कायम गरेको प्रदान गरिनेछ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया