रोहित चन्दले फेरि इन्डोनेसियाको पर्सिजा जाकार्ताबाटै व्यावसायिक फुटबल खेल्ने

 फागुन ८, २०७५ बुधबार १७:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य रोहित चन्दले फेरि पनि व्यावसायिक फुटबलका लागि इन्डोनेसियाको पर्सिजा जाकार्तामा नै सम्झौता गर्ने भएका छन् ।

यसअघि लिग सकिएपछि नयाँ क्लवको खोजीमा रहेका रोहितलाई अरु क्लबले अनुबन्ध गर्न इच्छुक रहेको बताइए पनि अन्तिममा उनले पुरानै क्लबमा सम्झौता गर्ने भएका हुन् । रोहितको अनुबन्धका लागि इन्डोनेसियाकै अरु क्लब र अष्ट्रेलियाबाट पनि अफर आएको भए पनि पर्सिजाले रोहितलाई अनुबन्ध गर्न निकै इच्छा गरेकाले सम्झौता लम्ब्याउन लागेका परिवार श्रोतले बताएको छ ।

नयाँ सम्झौतासँगै रोहित पर्सिजाबाट लगातार पाँचौ सिजन खेल्ने भएका छन् । नयाँ सम्झौताका लागि रोहित बुधबार साँझ इन्डोनेसिया पुग्ने बताइएको छ । तर क्लबले रोहितका बारेमा केही बोलेकाे छैन ।

यो सिजनमा मोष्ट भ्यालुएबल खेलाडी बनेका रोहित त्यसपछि क्लबबाट बाहिरिने बताएका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया