सारजाहा क्रिकेटका प्रशिक्षक इरफान अन्सारीलाई आईसीसीकाे १० वर्षको प्रतिबन्ध

 फागुन ८, २०७५ बुधबार २०:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सारजाहा क्रिकेटका प्रशिक्षक इरफान अन्सारीलाई १० वर्षको प्रतिबन्ध लगाएको छ ।

आइसीसीको एन्टी करप्सन कमिटिले सन् २०१७ मा यूएईमा भएको पाकिस्तान र श्रीलंकाबीचको सिरिजमा उनले पाकिस्तानी कप्तान सर्फराज अहेमदलाई नतिजामा हेरफेर गराउन अनुराेध गरेको भन्दै  छानबिनबाट दोषी ठहर गरेपछि उनलाई सजाय सुनाइएको हो ।

त्यसबेला नै सर्फराजले उनीमाथि मुद्दा दायर गरेका थिए । जसका अनुसन्धानमा इरफानमाथि आईसीसीले गरेको छानबिनमा इरफान दोषी भेटिएका थिए । उनलाई आइसीसी अन्तर्गत तीन अपराधको धारामा दोषी पाइएको आइसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया