थ्रीस्टार क्लब भुटानकाे जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकप फुटबलको फाइनलमा

 फागुन ८, २०७५ बुधबार २०:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी  वाङचुक मेमोरियल गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

थ्रीस्टारले अब उपाधिका लागि भुटानको पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ । थ्रीस्टारले सेमिफाइनलमा बुधबार युनाइटेड ब्रदर्सलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

१७ औं मिनेटमा दिनेश राजबंशीको गोलमार्फत थ्रीस्टारले अग्रता लिएको थियो । २० औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्रीस्टारलाई सुरुमै २–० को अवस्थामा पुर्याएका थिए । 

युनाइटेड ब्रदर्शले ३२ औं मिनेटमा एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । पहिलो हाफमा २–१ बनाएको थ्रिस्टारले तेस्रो गोल ८२ औं बुद्धराज लिम्बुले गरेका थिए ।

खेलको इन्ज्युरी टाममा युनाईटेडले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नतिजा ३–२ मा झारेको थियो । त्यसपछि थप गोल नभएपछि थ्रीस्टारले फाइनलमा स्थान बनाएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया