एनआईसी एसियाले खाेल्याे पोखराको पावरहाउस चोकमा नयाँ शाखा

 फागुन ८, २०७५ बुधबार २०:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

एनआईसी एशिया बैंकले पोखराको पावरहाउस चोकमा सञ्चालनमा ल्याएको कास्की शाखाको एनआईसी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार उद्घाटन गर्नुभयो ।

देशभरमा यस बैंकका २७७ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखा रहित बैंकिङ्ग इकाई रहेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकको दावी छ ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया