माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने

 असार ९, २०७५ शनिबार १०:३:३० | उज्यालो सहकर्मी

भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ । 

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको नतिजा तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।

यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/ साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • keshab Prasai

    June 23, 2018, 2:05 p.m.

    परिक्षा नियन्त्रक ज्यु ! परिक्षा संचालन भएर रिजल्ट आउदा सम्म पनि परिक्षा संचालन गर्न अपुग भएको रु . २४००० आज सम्म पनि हात लागेको छैन / ४६८ जना ले परिक्षा दिनु पर्नेमा ३०५ जना को मात्र विवरण र रकम पठाएको अप्ठ्यारो अवस्था मा पनि जसो तसो परिक्षा संचालन गरेको ३ महिना सम्म पनि रकम पाइन / अब त् आर्थिक वर्ष पनि सकिन लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया