सहाराको उत्कृष्ट खेलाडी सम्मान किरण चेम्जोङ्गलाई

 फागुन ९, २०७५ बिहिबार १८:४३:१३ | सुमन गुरुङ
unn.prixa.net

कास्की - राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेन्जोङलाई सहारा क्लब पोखराले सम्मान गरेको छ । 

उद्घाटन खेल अघि किरणलाई ३५ हजार नगद सहित सम्मान गरिएको हो । पछिल्लो सिजन माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका उनको टिम लिग च्याम्पियन भएको थियो । प्रतियोगिताभर उत्कृृष्ट प्रदर्शन गरेका किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

अफ सिजनका कारण रेष्टमा रहेका किरण अहिले स्वदेशमै रहेका छन् । किरणले मोफसल प्रतियोगितामा भने सहभागिमा जनाएका छैनन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सहाराले सम्मान गर्दै आएको छ । अघिल्लाे वर्ष राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवास सो सम्मानबाट पुरस्कृत भएका थिए ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया