न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
कास्की – पोखरामा आजबाट सुरु भएको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आयोजक सहारा क्लबलाई सडेन डेथमा ५–४ गोल अन्तरले हराउँदै एपीएफ अघि बढेको हो । निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो ।
खेलको पहिलो हाफको १७ औं मिनेटमा आयोजक सहाराका बिनोद गुरुङले गोल गरी टोलीलाई अग्रता दिलाए पनि एपीएफले १ मिनेट पनि नबित्दै खेल बराबरीमा पु¥याएको थियो ।
एपीएफका लागि आशिष लामाले गोल गरेका हुन् ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान राई म्यान अफ द म्याच भएका छन् । उनले ट्रफी सहित नगद ५ हजार प्राप्त गरे ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।