विद्यालय गएका बालक मृत भेटिए

 असार ९, २०७५ शनिबार १३:०:२३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको त्रिवेणीमा विद्यालय गएका एकजना वालक मृत अवस्थामा भेटिएका छन् ।

त्रिवेणी गाउँपालिका –२, रिखेबगरका डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दिपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन । 

खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले वेलुकी शारदा नदीमा मृत अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

मेरिगोल्ड बोर्डिङबाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुवेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बालकका वुवा हाल वैदेशिक रोजगारीका क्रममा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया