शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 फागुन १०, २०७५ शुक्रबार १०:२५:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – रियाल, रिगिंट, दिर्हाम, दिनार लगायत आज सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको मूल्य भने घटबढ भएको छैन । 

नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा थियो । 

शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । अघिल्लो दिन खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६  पैसा थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा छ । हिजो बिहीबार खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा थियो । 

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५१ पैसा तोकिएको छ । हिजो खरिददर ३७३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७१ पैसा थियो । 

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा छ । हिजो बिहीबार खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा थियो ।

शुक्रबार कोरियन वनको मूल्य घटबढ भएको छैन । बिहीबार जस्तै आज शुक्रबार पनि एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया