भृकुटीमण्डपमा खाद्य मेला

 फागुन १०, २०७५ शुक्रबार १७:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चौथो खाद्य मेला शुक्रबारदेखि सुरु भएको छ ।

‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने नाराका साथ मेला सुरु भएको हो ।

स्थानीय र कम प्रचलनमा रहेका पोषिला खाद्यवस्तुको प्रचार तथा प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

मेलामा नेवारी, थारु, तामाङ लगायत जातिका परिकारका १५ स्टल छन् । त्यस्तै विभिन्न संघसंस्थाका जानकारीमूलक २२ र अचार, भुजिया जस्ता घरेलु उद्योगका ३८ गरी ७५ स्टल रहेका छन् ।

खानेबानी परिर्वतनका लागि मेला महत्वपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिबकुमार कर्णले बताउनुभयो ।

उहाँले स्थानीयस्तरमा उपलब्ध खाद्यवस्तु पौष्टिक र स्वस्थकर भएपनि चेतनाको कमीले बजारकै खाद्यवस्तु खाने प्रचलन बढेको बताउनुभयो ।

मेला आइतबारसम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया