थ्रीस्टार क्लब जिग्मे दोर्जी वाङ्चुक मेमोरियल कपको उपविजेतामा सीमित

 फागुन १०, २०७५ शुक्रबार १८:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

थ्रीस्टार क्लब भुटानमा भएको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल कपको उपविजेतामा सीमित भएको छ ।

थिम्पुमा आज भएको फाइनलमा पारो फुटबल क्लबसँग १–० ले पराजित भएपछि थ्रीस्टार  उपविजेतामा सीमित भएको हाे । पहिलो हाफ गोल रहित बराबरी खेलेको थ्रीस्टारले ७३औं मिनेटमा गोल खाएको थियो ।

पारोका लागि कर्नर प्रहारमा कप्तान चेन्चो ग्यालजेनले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नभएपछि भुटानको घरेलु क्लब पारोले उपाधि जित्न सफल भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया