साप्ताहिक शेयर समीक्षा: शेयर बजारमा अर्थमन्त्री हटाइने अफवाहकाे असर

 फागुन १०, २०७५ शुक्रबार २०:३७:१ | ज्याेति दाहाल
unn.prixa.net

यस हप्ता शेयरबजारमा अर्थमन्त्री डा युवराज खतिवडालाई हटाउने भन्ने चर्चाले महत्व पायो । अपुष्टरुपमा आएको र केही अनलाइन पोर्टलले यस्तो समाचार लेखेपछि शेयर कारोबारीले यसलाई विशेष घटना र परिस्थितिको रुपमा लिन होहल्ला राम्रै फिजाए ।

शेयर लगानी कम्पनीको प्रोफाइल हेरेरभन्दा होहल्ला र अफवाहको आधारमा हुनेगरेको यो ज्वलन्त उदाहरण हो । अर्थमन्त्रीले पनि यस्तै होहल्ला र अफवाहको पछि नलागेर कम्पनीको प्रोफाइल हेरेर लगानी गर्न गरेको आग्रहलाई ‘शेयरबजार विरोधी’ को संज्ञा दिएका छन् । शेयरबजारमा आएको गिरावटलाई अर्थमन्त्रीको सुरक्षित लगानी गर्न गरेको आग्रहसँग जोडेर हेर्ने गरेको देखिएको छ । 

संसदको अर्थसमितिमा समेत शेयरबजार सम्बन्धमा पटक-पटक छलफल भएको छ । समितिमा धितोपत्र बोर्डको अध्यक्षले दलाललाई गम्भीर आरोप लगाएपछि धितोपत्र दलाल संघले त्यसको प्रतिवाद गर्दै धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएको छ । 

कम्पनीले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गर्ने क्रम चलिरहेको छ । सुचिकृत कम्पनीले साधारणसभा आव्हान गर्ने क्रम पनि चलिरहेको छ । तर बीमा कम्पनीले भने अहिलेसम्म साधारणसभा आव्हान गरेकाछैनन् । नबिल बैंकले सभा आव्हान गरेको छ । त्यस्तै कृषि बैंकले पनि सभा आव्हान गरेको छ । सरकारी स्वामित्व भएको नेपाल बैंकले सभा आव्हान गरेको छैन ।

सभा आव्हान नगर्ने वाणिज्य बैंकको सुचिमा कुमारी, सेन्चुरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिविल, प्राइम रहेका छन् । कुमारी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र सिविल बैंकले आर्थिक वर्ष २०७३-७४ को समेत सभा गरेका छैनन् ।

प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ । विलय हुन लागेको ओमले पनि सभा गरेको छैन । राष्ट्रियस्तरको अन्य विकास बैंकतर्फ लुम्बिनी, कामना र देवले साधारणसभा गरेका छैनन् ।

धितोपत्र कानुनले वोर्डलाई सभा गर्न निर्देशन दिने विशेषाधिकार दिएको छ । त्यस्तै सूचीकृत कम्पनीले पनि पौष मसान्तमा सभा गर्न नसकिएको कारण खोलेर सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था अहिलेसम्म निस्क्रिय हुनुमा धितोपत्र वोर्डको अध्यक्ष धितोपत्र दलाललाई आक्षेप लगाउन व्यस्त हुनु हो ।

नेपाल टेलिकमको थप २६ प्रतिशत शेयर बेच्ने हल्लाको असर अहिले पनि देखिईरहेको छ । गत हप्ता ६ सय ९५ रुपैयाँमा बजार बन्द भएको थियो यो हप्ता रु। ६ घटेर ६ सय ८९ मा कारोबार भएको छ । यसले समग्र परिसूचकलाइ असर पारेको छ । 

सरकारले प्यान लगाउने विषयमा कुनै निर्णय नगरे पनि धितोपत्र वोर्ड अध्यक्षको सनकमा परेर यसले बजारलाई थप पीडा दिएको छ । 

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । 

साताको अन्तिम दिन बजार पूँजीकरण १३ खर्व ५८ अर्व ६८ करोड ८२ लाख कायम भएको छ | गत हप्ताको अन्तिम दिन १३ खर्व ५८ अर्व ४४ करोड ७५ लाख कायम भएको थियो | अगिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण शून्य दशमलव शून्य २ प्रतिशतले घटेको छ |

सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ताको सूचीकरण यसप्रकार रहेका छन् ।

नयाँ शेयर/हकप्रद

शेयरबजारमा हकप्रद र प्राथमिक शेयर जारी हुने क्रम चलिरहेको छ । हकप्रदको लागि बुक क्लोज घोषणा पनि भइरहेको छ । एसियन लाइफ इन्सुरेन्सले फाल्गुन २२ गते हकप्रदको लागि बुक क्लोज गर्ने भएको छ । 

हकप्रदको लागि स्वीकृति लिने प्रक्रिया पनि कायमै छ । त्यस्तै कम्पनीले ऋणपत्र समेत जारी गर्ने क्रम बढाएका छन् । ऋणपत्र निष्कासन गर्नेमा बैंक मात्र रहेका छन् । पछिल्लो समयमा धितोपत्र वोर्डमा ऋणपत्र जारी गर्न अनुमति माग्ने बैंकको संख्या बढेको छ । ऋणपत्र सुरक्षित लगानीको क्षेत्र मानिन्छ । यसमा निश्चित वार्षिक व्याज पाइन्छ । यसलाई धितो बन्धक राखेर ऋण लिन पनि सकिन्छ ।

शिवम सिमेन्टको शेयरमा माग गरेजति आवेदन परेको खण्डमा जुनसुकै दिन बन्द हुनसक्छ । ग्रीन लाइफको प्राथमिक शेयरमा दोलखा जिल्ला साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्यांकु, जुंगु र लादुकका स्थानीय वासिन्दाले आवेदन गर्न पाउनेछन ।

लिलामी शेयर

विभिन्न कारणले लिलामीमा आउने शेयर पनि सर्वसाधारणले आवेदन गर्न सक्छन । लिलामी सम्बन्धि सुचनामा त्यसका प्रक्रिया उल्लेख गरिएको हुन्छ । लिलामीमा उपलब्ध शेयरहरुको विवरण तालिकामा पेश गरिएको छ । 

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम चलीरहेको छ । तर विमा कम्पनीले भने आर्थिक वर्ष २०७४र७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह
 

विकास बैंक समूह

लघुवित्त समूह

वित्त, जलविद्युत, होटेल र व्यापार 

बीमा समूह

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

अन्य गतिविधि

नेपाल सेवा लघुवित्तले राकेश श्रेष्ठलाइ कम्पनी सचिव नियुक्त गरेको छ । 

नेप्सेले कम्पनी वर्गीकरण समबन्धि विवरण अद्यावधिक गरेको छ । पहिलोपटक ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बैंक ‘क’ वर्गमा परेका छन् । धितोपत्र कारोबार तथा सूचीकरण नियमावलीले कम्पनीको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । 

स्वावलम्वन लघुवित्तले जारी गर्न लागेको एफपिओ नेपाल राष्ट्र बैंकले अस्वीकार गरेको छ ।

धितोपत्र बोर्डले स्पर्श लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ । नेपाल एग्रो र इन्फिनिटी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन ।

एसियन लाइफ इन्सुरेन्सलाइ हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ ।

त्यस्तै सनराइज र एनएमबी बैंकले ऋणपत्र जारी गर्नको लागि अनुमति मागेका छन् । सनराइज बैंकले पहिलोपटक ऋणपत्र जारी गर्न अनुमति मागेको हो । 

सेन्ट्रल फाइनान्स, सोल्टी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंकले बोनस शेयर दर्ता गरेका छन् । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७३र७४ को बोनस शेयर दर्ता गराएको हो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया