विश्वकपमा पाकिस्तानविरुद्ध भारत नखेल्ने संकेत, नखेलेमा यसाे गर्ने विश्वकाे पाँचाैँ देश बन्ने

 फागुन १०, २०७५ शुक्रबार २०:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा पाकिस्तानविरुद्ध भारत नखेले यसाे गर्ने पाँचौँ  देश बन्ने छ ।

अहिले भारतीय सुरक्षाकर्मीको जम्मु कस्मिरको पुलवामा क्षेत्रमा भएको हमलामा ज्यान गएपछि भारतभर पाकिस्तानले आतंकवादी हमला गराएको प्रचार गरिएको छ । जसका कारण आसन्न विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नखेल्ने आवाज बढ्दै गएको छ ।

यसैक्रममा भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाकिस्तानविरुद्ध भारतले विश्वकपमा खेल्ने या नखेल्ने निर्णय लिने जिम्मा भारतीय सरकारलाई दिएको छ । यस्तै उसले आईसीसीलाई क्रिकेटबाट आतंवादी समूदायलाई प्रश्रय दिने देशलाई बाहिर राख्नुपर्ने आशयको पत्र पनि पठाएको छ । यस विषयमा आईसीसीले आउँदो बैठकमा चर्चा गर्ने बुझिएको छ ।

पाकिस्तानलाई बाहिर राख्न आईसीसीको बैठकमा मतदान हुँदा भारत अल्पमतमा पर्ने निश्चित जस्तै छ । यदि भारतले पाकिस्तानसँगको खेल नखेलेमा पाकिस्तानले सिधै २ अंक पाउने छ । समूह चरणको खेल बहिष्कार गर्दा पाकिस्तानलाई २ अंक त फाइदा पुग्ला कतै उपाधि भिडन्त वा सेमिफाइनलमा दुवै टिम फेरि भेट भए के गर्ने अहम प्रश्न पनि उत्तिकै उव्जिएको छ । 

अहिलेसम्म विश्वकपमा सुरक्षाको कारण देखाउँदै चार टिमले खेल वहिष्कार गरेको इतिहास छ । यस्तो भारत थपिए पाँचौ देश बन्ने छ । इंग्ल्याण्डमा ३० मेदेखि १४ जुलाईसम्म हुने विश्वकपमा भारत र पाकिस्तानबीचको समूह चरणको पहिलो भेट १६ जुनमा म्यानचेस्टमा हुने तालिका छ ।

भारत र पाकिस्तानबीचको म्याचका लागि अहिलेसम्म साढे ४ लाख बढीले टिकटका लागि निवेदन पनि दिइसकेका छन् । यस्तोमा यो खेल रद्द हुँदा आईसीसीलाई पनि घाटा लाग्ने पक्का छ । सुरक्षाका कारण यसअघि पनि यस्ता घटना हुँदै आएका छन् । जसले गर्दा खेल नखेल्ने टिमलाई नै घाटा लाग्ने गरिएको छ ।

यस्ताे छ बहिस्कारकाे खेल इतिहास

अस्ट्रेलिया - श्रीलंका

१९९६ र २००३ को विश्वकपमा दुई वटा खेल बहिष्कार भएका थिए । त्यतिबेला अस्ट्रेलियाले श्रीलंकाविरुद्ध खेल्न मानेको थिए । त्यतिबेला भारत, पाकिस्तान र श्रीलंकाले विश्वकपको आयोजना गरेका थिए । विश्वकप पहिले श्रीलंकामा लिबरेशन टाइगर्स अफ तमिल लिट्टेले लगातार हमला गरिरहेकाले अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै  श्रीलंकाविरुद्धको खेल छाडेको थियो ।

त्यसपछि श्रीलंकाले २ अंक पाएको थियो । पछि पाकिस्तानको लाहोरमा श्रीलंका र अस्ट्रेलिया नै उपाधिका लागि भिडेका थिए । जसमा श्रीलंकाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । 

वेस्ट इन्डिज - श्रीलंका

यसैगरी सोही विश्वकपमा वेस्ट इन्डिजले पनि श्रीलंकाविरुद्धको खेल छाड्दै २ अंक गुमाएको थियो । जसले गर्दा श्रीलंका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा वेस्टइन्डिज बल्ल तल्ल सेमिफाइनलमा पुगेको थियो । तर अस्ट्रेलियासँग सेमिफाइनलमा पराजित हुँदै वेस्टइन्डिज घर फर्किएको थियो ।

इंग्ल्याण्डले - जिम्बाबे

सन २००३ मा दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको आयोजना गर्दा जिम्बाबे र केन्या पनि आयोजक थिए । उक्त विश्वकपमा पहिलो पटक १४ वटा देशले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । जिम्बाबेको हरारे स्पोर्टस ग्राउण्डमा विश्वकपको आठौं खेलमा इंग्ल्याण्ड र जिम्बाबे आमने सामने हुने तय भएको थियो ।

तर इंग्ल्याण्डले जिम्बाबेविरुद्ध राजनीतिक संकट र सुरक्षाको कारण देखाउँदै प्रतियोगिताको त्यो म्याच खेल्न मानेन र जिम्बाबेलाई ४ अंक फाइदा भयो । जसले गर्दा १२ अंक जोडेको इंग्ल्याण्ड प्रतियोगितबाट बाहिरियो भने जिम्बाबे नक आउट चरणमा पुगेको थियो । तर सुपर सिक्समा श्रीलंकासँग पराजित हुँदै विश्वकपबाट जिम्बाबे बाटो लागेको थियो ।

न्यूजिल्याण्ड - केन्या

२००३ कै विश्वकपमा न्यूजिल्याण्डले केन्यासँग खेल्न अस्वीकार गरेको थियो । विश्वकपको २१ औं खेल अस्वीकार गरेपछि केन्यालाई २ अंकको फाइदा भयो र केन्या सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

सेमिफाइनलमा  केन्यालाई भारतले ९१ रनले पराजित गर्दै अस्ट्रेलियासँग उपाधि भिडन्त गरेको थियो । तर उक्त विश्वकप अस्ट्रेलियाले जितेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया