इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जित्याे

 फागुन ११, २०७५ शनिबार ७:२७:४२ | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जितेको छ ।

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८९ रन बनाएको थियो । उसका लागि सिमरोन हेटमेयरले शतकीय पारी खेले । जसमा उनले एक सय चार रनको योगदान गरे । यस्तै क्रिस गेलले ५० रन बनाउँदा सेइ होपले ३३  रन तथा डारेन ब्राभोले २५ रन जाेडे ।

जवाफमा इंग्ल्याण्ड ४७ ओभर चार बलमा दुई सय ६३ रनमा अलआउट भयो ।

इंग्ल्याण्डका लागि बेन स्टोकले ७९ तथा कप्तान इयोन मोर्गनले ७० रन बनाए पनि बाँकी खेलाडीले राम्रो खेल्न सकेन । उसले अन्तिम अन्तिममा ३५ रन जोड्दा ६ विकेट गुमाएको थियो । जसका कारण दोस्रो खेलमा पराजित हुन पुग्यो ।

बलिङमा वेष्ट इन्डिजका जेसोन होल्डरले तीन तथा सेल्डोन कोट्रेलले ५ विकेट लिए । जितसँगै वेष्ट इन्डिजले ५ खेलका सिरिज एक-एकको बराबरीमा पुर्‍याएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया