नख्खु बम विस्फोट : गम्भीर घाइते सिंहप्रसाद गुरुङको ज्यान गयो

 फागुन ११, २०७५ शनिबार ७:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको नख्खुमा शुक्रबार बेलुकी बम विस्फोट हुँदा घाइते भएका सिंहप्रसाद गुरुङको ज्यान गएको छ । 

शुक्रबार बेलुकी नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

एनसेलकाे मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम विस्फोट : ३ जना घाइते, एकको अवस्था गम्भीर

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया