कास्कीमा एनसेलको टावरमा आगजनी

 फागुन ११, २०७५ शनिबार ९:७:४८ | सुमन गुरुङ

कास्की – पोखरा महानगरपालिका–२७, बडहरेमा रहेको एनसेलको टावरमा शुक्रबार राति १० बजे समयमा नचिनेका मानिसको समूहले आगजनी गरेका छन् । 

रातिको समयमा आगलागी भएको हुनाले दमकल जाँदाजाँदै केही भाग जलिसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिनुभयो । केही समयपछि स्थानीय नागरिक र प्रहरीको सहभागितामा आगो निभाइए पनि बाँकी रहेको सामान काम नलाग्ने अवस्थामा छ । 

आगो कसरी लाग्यो भन्ने अहिलेसम्म खुल्न नसकेकोले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया