यूएईका उज्यालोकर्मी पाण्डे सम्मानित

 फागुन ११, २०७५ शनिबार ९:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई -  यूएईका लागि उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइन डट कमका संवाददाता उमाकान्त पाण्डे सम्मानित हुनु भएको छ ।

अन्यायमा परेका नेपाली कामदारका विषय तथा आम नेपाली समुदायका गतिविधि पत्रकारित मार्फत उठाउन सहयाेग गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो । 

ताप्लेजुङ समाजसेवा यूएईले प्रथम महाधिवेशनको अवसरमा पत्रकार पाण्डेलाई सम्मान गरेको हो । ११ वर्षदेखि यूएईलाई कर्मथलो बनाइ पत्रकारिता गदै आएका पत्रकार पाण्डेलाई प्रवासी नेपालीका पक्षमा निरन्तर कलम चलाएको भन्दै सम्मान गरिएको हो । 

सूचनाको हकलाई नागरिक समक्ष पुर्‍याउन यूएईमा बसेर पत्रकारिता मर्फत दिएको योगदानको मुल्यांकन गदै पत्रकार पाण्डेलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको संस्थाकी अध्यक्ष सोनी भण्डारीले बताउनुभयो । 

पाण्डेलाई नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले दोसल्ला ओढाएर तथा एनआरएन यूएईका महासचिव कृष्ण पौडेलले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

विभिन्न नेपाली संघसस्थाका प्रतिनिधिले खादा ओढाएर एक दशकयता यूएईबाट सकृय रुपमा सन्तुलित पत्रकारिता गरिरहेको भन्दै पाण्डेको प्रशंसा गर्नुभयो । 

ताप्लेजुङ समाजमा पुनःभण्डारी

समाजको प्रथम महाधिवेशनको बन्दसत्रले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः सोनी भण्डारीलाई जिम्मेवारी दिएको छ । समाजको शुक्रबार भएको महाधिवेशनले प्रथम र द्वितीय उपाध्यक्षमा दावा छिरिङ शेर्पा र घनेन्द्र खतिवडालाई चयन गरेको छ । 

त्यस्तै महासचिव, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः भवानी लिम्बू, बुद्ध लिङदेन, रस्ना लिम्बू र धनेन्द्र कार्की चयन हुनुभएको छ ।

नवगठित समितिको अन्य सदस्यहरुमा शिवरात्री नाल्बो,लोकेन्द्र पालुङ्वा, नुपु शेर्पा, बलराम अधिकारी, सरस्वती लिम्बू, यशाेधा कार्की, खगेन्द्र अधिकारी, गौरव ओली, टंक गुरुङ, रिज्जु सिटौला, राज लिम्बू, विकास बनेम, उदिप ओख्राबो, विवेक लिङ्देन, राम अन्छोङबो र ओङ्दी शेर्पा चयन भएको नवगठित समितिका महासचिव भवानी लिम्बूले जानकारी दिनुभयो । 

यस्तै गुनजमान गुरुङको संरक्षकत्वमा ४ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । जसमा गजबहादुर बनेम, पारसमणि पौडेल,डम्बर लिवाङ् लिम्बू र काजी गौतम रहनुभएको छ । 

सहभागीहरुले ताप्लेजुङ समाज यूएईले यहाँको नेपाली समुदायमा पुर्‍याएकाे योगदानको चर्चा गरेका थिए । सहभागीले यूएईमा रहेका सम्पूर्ण संस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ताप्लेजुङको संस्कृति झल्काउने धान नाच, च्याब्रुङ नाच देखाइएको थियो । यस्तै यहाँ कार्यरत कलाकारहरु पारस लामा,सुरेन्द्र लामा होमनाथ कुवँर लगायतले गीत तथा सुनिता लिम्बू र लक्ष्मी भट्टराईले नृत्य प्रस्तुत गरेको कार्यक्रममा घनेन्द्र खतिवडाले स्वागत मन्तव्य तथा दावा शेर्पा र सरोज लिम्बूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।  

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया