कपिलवस्तुमा घरमै आएर एक महिलाको हत्या

 फागुन ११, २०७५ शनिबार १०:७:३७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा एक महिलाको हत्या भएको छ । 

वाणगंगा नगरपालिका–४, कुबेरापुरकी २६ वर्षीया अनिता पौडेललाई नचिनेका दुई व्यक्तिले गएराति घरमै आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पौडेलको निधार र कानमा चोट लागेको प्रहरी उपरीक्षक अच्यूतम पुडासैनीले बताउनुभयो । 

उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि पुडासैनीले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया