तस्बिरमा हेर्नुहाेस् बालुवाटारमा प्रधानमन्त्री ओलीकाे बर्थ डे सेलिब्रेसन !

 फागुन ११, २०७५ शनिबार १२:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सव प्रधानमन्त्री निवास बालुवाटारमा वृक्षारोपण गरेर मनाउनु भएकाे छ ।  

बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको आँप लगायतका विरुवा रोप्नु भएको हो ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोप्नुभएको छ ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको छ । 

जन्माेत्सवका अवसरमा आयाेजित कार्यक्रममा पुगेका विभिन्न व्यक्तिहरुले प्रधानमन्त्री ओलीलाई शुभकामना व्यक्त गरेका छन् । 

भारतका लागि नेपाली पर्यटन तथा संस्कृति सद्भावना दूत तथा बलिउड अभिनेत्री जया प्रदा पनि जन्मदिन समाराेहका उपस्थित थिइन् । 

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया