कार पार्किङमा आगो लाग्दा १०० गाडी जलेर खरानी, एरो शोलाई गरियो स्थगित (भिडियोसहित)

 फागुन ११, २०७५ शनिबार १४:५५:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा एउटा अर्को दुर्घटना घटेको छ । जसमा लगभग १०० गाडी जलेर खरानी भएका छन् । शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी खरानी भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।

यो भन्दा पहिले पनि एरो इण्डिया शोका क्रममा सूर्यकाे किरणका कारण ठूलो दुर्घटना घटेको थियो । कर्नाटक अग्नि नियन्त्रण विभागले बताए अनुसार समयमै दमकल घटनास्थलमा पुगेको थियो ।

सुकेको घाँसमा लागेको आगोले भयानक रुप लिएपछि वायुमण्डल नै धुवाँले घेरिएको छ ।  धुवाँको कारण एरो इण्डिया शो केही समयको लागि स्थगित गरिएको छ र आकाश सफा बनेपछि मात्र एरो शो पुनः सञ्चालनमा आउने छ ।

अग्नि नियन्त्रण विभागका उप निर्देशकका अनुसार एक सय भन्दा बढी कारहरु यस डढेलोमा जलेका छन् । साथै कारहरुलाई पार्किङबाट हटाएर डढेलो नियन्त्रण गर्न सजिलो भइरहेको र यस घटना मानवीय क्षति नभएको उनले बताएका छन् । सुकेको घाँस र जोरको हावाका कारण आगो लागेको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले बताएका छन् ।

भारतीय वायु सेनाका दुई जहाज एयर शोकै रिहर्सलका क्रममा आकाशमा ठोक्किए

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया