सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे

 फागुन ११, २०७५ शनिबार १५:२२:५० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीकाे बरहथवा नगरपालिका - १६ गंगापुरमा  ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गएको छ ।

शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश  महतोको ज्यान गएको हो ।

गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै  ज्यान गएको हो।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया