आहा रारा गोल्डकपः एपीएफ सेमिफाइनलमा

 फागुन ११, २०७५ शनिबार २०:२५:३९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । 

मनाङ मस्र्याङ्दी क्लबलार्ई १–० गोल अन्तरले हराउँदै एपीएफ अघि बढेको हो । पहिलो हाफ दुवै तर्फबाट गोलरहित बराबरी भएको खेलमा दोश्रो हाफमा एपीएफका प्रदिप लामाले गोल गरेका थिए ।

खेलको ७० औं मिनेटमा गोल गरी जित दिलाएका प्रदिप लामा नै म्यान अफ द म्याच घोषित भएका छन् । 

उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । आइतबारको खेल लिग त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच दिउँसो २ बजेपछि हुनेछ । 

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया