अफगानिस्तानकाे टी–२० मा दुई कीर्तिमान: सर्वाधिक रनकाे साझेदारी, सर्वाधिक रन

 फागुन ११, २०७५ शनिबार २०:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान क्रिकेट टिमले आयरल्याण्डविरुद्धको टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएको छ ।

अफगानिस्तान अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान बनाएका हो । 

यसअघि अष्ट्रेलियाका आरोन फिन्च र डार्सी शर्टको दुई सय २३ रनको साझेदारीको रेकर्डलाई तोड्दै अफगानी खेलाडी हज्रतुल्लाह जाजाइ र उस्मान घानीले नयाँ २३६ रनकाे नयाँ कीर्तिमान बनाएका हुन् । 

जसमा  उस्मान घानी ७३ रनमा आउट भएपछि साझेदारी तोडिएकोे थियो । समग्रमा अफगानिस्तानले आएरल्याण्डलाइ २७९ रनको लक्ष्य दिएको छ । यो पनि टी २० मा सर्वाधिक ठूलो रनकाे नयाँ किर्तिमान बनेको छ । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरूद्द २६३ रन बनाएको थियो ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया