प्रदेश १ स्तरीय महिला भलिबलको उपाधि संखुवासभालाई

 फागुन ११, २०७५ शनिबार २१:७:४४ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - साेलुखुम्बुमा भएकाे प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । 


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो ।

शनिबार भएको खेलमा सुनसरीलाई ३÷२ ले हराउँदै सोलुखुम्बु तृतीय भएको छ । 

शुक्रबार भएको सेमिफाइनल खेलमा संखुवासभाले सोलुखुम्बुलाई पराजित गरेको थियो भने ओखलढुंगाले सुनसरीलाई पराजित गरेको थियो ।
विजेता खेलाडी समूहलाई प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको हातबाट मेडल र प्रमाणपत्र प्रदान गरिएको गरिएको छ । 

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि १२ खेलाडी छनोट

आठाँै राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेश स्तरीय महिला भलिबल खेलबाट १२ खेलाडी छनोट भएका छन् । 

शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट सखुंवासभाबाट सारदा गजमेर (सखुंवासभा),  समिता गजमेर (सखुंवासभा), तारा श्रेष्ठ(ओखलढुंगा), सावित्रा राई(ओखलढुगा), निशा राई (सोलुखुम्बु), पदमकुमारी रार्ई(सोलुखुम्बु) लावती लिम्बु (सुनसरी), अनुस्का चौधरी (सुनसरी) , अन्जली लिम्बु(मोरङ), सुनिता राई(भोजपुर), तेजकुमारी(झापा) र समिका सार्की(झापा) छनोटमा परेका छन् ।

छनोटमा परेका खेलाडीहरुलाई नेपालगञ्जमा हुने आठौ राष्ट्रिय प्रतियोगीताका लागि पठाइने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डीबी रानापालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया