श्रम स्वीकृती अनलाइनबाट यसरी हेर्न सकिन्छ (भिडियो)

 असार ९, २०७५ शनिबार १७:२३:५८ | उज्यालो सहकर्मी

काठमाडौं – विदेश जादै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने कुन कम्पनीमा जाने हो, आफूले गर्ने काम के हो , तलब कति छ भन्नेकुरा राम्रो सँग बुझ्नुपर्छ । म्यानपावरले भनेको काममा श्रम स्वीकृती भयो कि भएन भनेर पनि बुझ्नु पर्छ । 

अब यस्ता जानकारी लिन म्यानपावरको कुरा पत्याइरहन पर्दैन । हिजोआज अब यी सबै कुरा इन्टरनेटको सहायताले घरमा बसिबसी जान्न सकिन्छ । वेभ ब्राउजरमा गएर वैदेशिक रोजगार विभागको वेवसाइटबाटै थाहा पाउन सकिन्छ । 

यदि तपाईको जाने कामको सरकारी अनुमति वा श्रम स्वीकृती भएको छ भने पठाउने मेनपावर, जान लागेको देश, गर्नुपर्ने काम र पाउने तलब लगायतका विवरण देखाउँछ । श्रम स्वीकृती भएको छैन वा गलत पासपोर्ट नम्बर राखेर खोज्नु भयो भने चाहिँ केहि पनि विवरण देखिदैन । 

यसरी सबैकुरा बुझेर, रुजु गरेर जाँदा विदेशमा समस्याबाट जोगिन सकिन्छ । समस्या परेर फर्किनु परेमा बीमा कम्पनीबाट क्षतिपूर्ति दावी गर्न पाइन्छ । 

श्रम स्वीकृति लिएर जाँदा विदेशमा अप्ठेरोमा पर्दा उद्दार गर्न र सहयोग पनि सजिलो हुन्छ । यसैगरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने आर्थिक सहयोग, छात्रृवृत्ति दावी गर्न पनि सहयोग पुग्छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • मिलन तामाङ

    June 23, 2018, 10:32 p.m.

    अत्यतै राम्रो लाग्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया