महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए : एकको मृत्यु, दुई घाइते

 फागुन १३, २०७५ सोमबार १७:५४:४ | धनवीर महतो

महोत्तरी – महोत्तरीको गौशालामा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो माइस्थान–सम्सी सडकखण्ड अन्तर्गत गौशाला नगरपालिका ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिक भएको मोटरसाइकल दुर्घटनमा परि बर्दिवास नगरपालिका–३, गौरीडाडाका २४ वर्षीय विवेकबहादुर जंघिङ्गको मृत्यु भएको हो । 

बर्दिवासबाट सम्सीतर्फ गइरहेको ना ३६ प ५११० र त्यही दिशाबाट आएको ज १२ प ४४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा खादा जघिंङ्ग घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेको जघिंङ्गको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

त्यस्तै दुर्घटनामा परि बर्दिवास बुद्धचाेकका ३६ वर्षीय ताराबहादुर खडका र सोनमा गाँउपालिका २ का २६ वर्षीय लालेन्द्र साह गम्भीर घाइते भएका छन् । खडका र साहको बर्दिवासमा उपचार भइरहेको प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया