डाक्टर ता. आओ अन्तर्राष्ट्रिय ट्रफी : नेपालकाे यू-२१ टाेलीले नागाल्याण्डलाई ४-१ ले हरायाे

 फागुन १३, २०७५ सोमबार २०:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी डाक्टर ता. आओ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे समूह चरणमा नेपालको यू–२१ टिमले सुखद अन्त्य गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नागाल्याण्डलाई चार-एक गोल अन्तरले हरायो ।

नागाल्याण्डकाे लक्ष्मीबाई स्टेडियममा भएको खेलमा नेपालको एन्फा टिमले नागाल्याण्डलाई चार-एक गोल अन्तरले हरायो ।

नेपालको जितमा रेजिन सुब्बाले तथा अभिषेक रिजालले दुई-दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै रेजिनले टिमलाई अग्रता दिलाएका थिए । तर १५ औं मिनेटमा नागाल्याण्डका मिल्लु मिदीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

२९ औं मिनेटमा अभिषेकले फेरि नेपालको टिमलाई अग्रता दिलाए । ६३ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गरे भने टिमलाई तीन-एकको अवस्थामा पुर्‍याए ।

त्यसपछि ७४ औं मिनेटमा फेरि अभिषेकले टिमका लागि चौथो गोल गरे । ७७ औं मिनेटमा नेपाली टिमका राजन गुरुङ रातो कार्ड पाए भने नागाल्याण्डका मिडफिल्डर मेजिबुकले पनि रातो कार्ड पाए । त्यसपछि दुवै टिम १० खेलाडीमा झरे पनि गोल गर्न सकेनन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया