नयाँ शक्ति पार्टी रसुवा कांग्रेसमा, देउवा भन्छन् : कांग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिइनेछ

 फागुन १३, २०७५ सोमबार २०:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको बताउनुभएको छ । 

नयाँ शक्ति नेपाल रसुवाको कांग्रेसमा एकता कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाई वर्तमान सरकारले हस्तक्षेप गरेको बताउनुभयो  ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारमाथि पञ्चायतको जस्तो व्यवहार भएको भन्दै उहाँले यसको विरुद्धमा उत्रन सबैलाई आग्रह गर्नुभयो । चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

रसुवाबाट सुरु भएको कांग्रेस प्रवेशको अभियानले देशव्यापी रुपमा कांग्रेसको माहोल छाएको भन्दै उहाँले अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो । कांग्रेसलाई खुला हृदयको पार्टी निर्माण गर्न चाहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

तस्बिर - भरत तिवारीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया