पहिरोमा पुरिएर एकजनाको मृत्यु

 फागुन १४, २०७५ मंगलबार ८:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दुहुँ गाउँपालिका ३ राताकाठामा बन्दै गरेको दार्चुला–तिङकर सडकमा पहिरो खस्दा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । पहिरो खस्दा बाख्रा चराउन लेकतिर लैजाँदै गरेका नौगाड गाउँपालिका ४ सिप्टीका ३९ वर्षका रघुवीरसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइते नौगाड ४ का ३१ वर्षका मानसिंह ठगुन्ना र वडा नम्बर ३ का उधारो ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । सडक बनाउने क्रममा विस्फोटक पदार्थ पड्काइएको केही घण्टापछि पहिरो गएको हो । पहिरोमा केही बाख्रा पुरिएको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया