भोजपुरमा २८ विद्यालयलाई कम्प्युटरसँगै ई–हाजिरी प्रणाली प्रदान

 फागुन १४, २०७५ मंगलबार १४:१५:३० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले २८ विद्यालयलाई कम्प्युटर तथा इन्भर्टर वितरण गरेको छ ।

गाउँपालिकाले विद्यालयको पढाइको गुणस्तरलाई सुधार  गर्न लागि विद्यार्थीलाई प्राविधिक ज्ञानको शिक्षा दिलाउने उद्धेश्यले सामग्री वितरण गरेको हो ।  
विद्युत नपुगेका ११ ओटा विद्युत विद्यालयलाई इन्भर्टरसहित १ सय वाटको सोलार, एक÷एक थान कम्प्यूटर र ई–हाजिरी वितरण गरेको छ ।

गाउँपालिकाको १० ओटा विद्यालयलाई एक-एक थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ । त्यसैगरी पहिला कम्प्यूटर जडान गरिएका ७ ओटा विद्यालयलाई ई–हाजिरी मात्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम भट्टराईले बताउनुभयो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ४ लाख ५० हजारको इन्भर्टर सहितको सोलार, ११ लाख ५० हजारको कम्प्युटर र २८ ओटा ई–हाजिरीको लागि ४ लाख गरी २० लाख वरावरको सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो ।

गाउँपालिकामा रहेका ६ ओटा स्वास्थ्य संस्थामा तत्काल ई–हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया