शहीदहरुको बलिदानबाटै देशमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको हाे: गृहमन्त्री थापा

 फागुन १४, २०७५ मंगलबार १४:३५:१९ | उज्यालो सहकर्मी

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका सदस्यसमेत रहनु भएका गृहमन्त्री थापाले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो ।

मंगलबार काठमाण्डाैमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने संकल्प पनि गर्नुभयो ।

शहीदहरुको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै गृहमन्त्री थापाले अब मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पुर्‍याएको योगदानको पनि खुलेर प्रशंसा गर्नु भयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया